विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध नेपाल विद्युत् प्राधिकरण आक्राकम रूपमा प्रस्तुत भएको छ । लामो समयसम्म विद्युत् उपयोग गरेवापतकाे बक्यौता महसुल नबुझाउने ग्राहकप्रति आक्रामक बन्दै प्राधिकरणले धमाधम लाइन काट्न थालेकाे हाे । 

प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय र गण्डकी प्रादेशिक कार्यालयले ३ महिनाको अवधिमा ७३१९ ग्राहकको लाइन काटेका छन् । यी ग्राहकले १७ करोड ९५ लाख २१ हजार ५०३ रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी थियो । आर्थिक वर्ष (आव) २०८०/८१ को साउनदेखि कात्तिक १७ गतेसम्मको अवधिमा यी ग्राहकको लाइन काटिएको हो ।

लुम्बिनीले ४६५१ र गण्डकीले २६६८ ग्राहकको लाइन काटेको छ । साढे ३ महिनाको अवधिमा लुम्बिनी प्रादेशिक अन्तर्गतका १० वितरण केन्द्रले ४६५१ ग्राहकको विद्युत् लाइन काटेको लुम्बिनी प्रादेशिक कार्यालयले जनाएको छ ।

यी ग्राहकले ११ करोड ९२ लाख ११ हजार १ सय ६ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी थियो । लाइन काटिएकामध्ये ३३७६ ग्राहकले ५ करोड ४४ लाख ७ हजार ६ सय ६८ रुपैयाँ महसुल बुझाएपछि लाइन पुनः जोडिएको छ । बाँकी ग्राहकले पनि जरिवानासहितको महसुल बुझाएपछि पुनः लाइन जोडिनको प्रादेशिक कार्यालय लुम्बिनीले जनाएको छ ।

साढे ३ महिनाको अवधिमा सबै भन्दा बढी नेपालगञ्ज वितरण केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन काटेको छ । केन्द्रले यो अवधिमा ११५३ ग्राहकको लाइन काटेको हो । यी ग्राहककले २ करोड १४ लाख ३२ हजार ७ सय ५१ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । लाइन काटिएकामध्ये ६१८ ग्राहकले जरिवानासहित १ करोड ६१ लाख ९५ हजार ४ सय ६३ रुपैयाँ बुझाएपछि पुनः लाइन जोडिएको छ ।

गुलरीया वितरण केन्द्रले पनि ९८७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकको ८१ लाख ५१ हजार ५ सय ४२ रुपैयाँ बक्यौता महसुल असुल गर्न बाँकी थियो । यस केन्द्रको पनि लाइन काटिएकामध्ये ७१६ जनाले ७३ लाख १८ हजार ३ सय ९५ रुपैयाँ बुझाएपछि लाइन पुनः जोडिएको छ । कोहलपुर वितरण केन्द्रले पनि ८३ लाख ९२ हजार ३ सय ३७ रुपैयाँ बक्यौता महसुल असुल गर्न ४४१ ग्राहकको लाइन काटेको छ । यीमध्ये ३३१ ग्राहकले ८५ लाख ५२ हजार २ सय ९३ रुपैयाँ बुझाएपछि उनीहरूको लाइन पुनः जोडिएको छ ।

यसैगरी, प्युठान वितरण केन्द्रले २०६ ग्राहकको लाइन काटिएको छ । यी ग्राहकबाट ९ लाख ७ हजार ५ सय ८८ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । लाइन काटिएकामध्ये १६१ ग्राहककले ९ लाख १५ हजार २ सय ८६ रुपैयाँ बुझाएपछि लाइन जोडिएको छ । तेस्तै, रोल्पा वितरण केन्द्रले ६ करोड २७ लाख ९२ हजार ९ सय १ रुपैयाँ बक्यौता महसुल असुल गर्न २०४ ग्राहकको लाइन काटेको छ । तीमध्ये ४२ लाख ७६ हजार २ सय २१ रुपैयाँ रकम बुझाएपछि १८० ग्राहकको लाइन पुनः जाडिएको हो ।

तुलसीपुर वितरण केन्द्रले २३ लाख ८४ हजार ५ सय ४८ रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेका २५० ग्राहकको लाइन काटिएको छ । ती मध्ये २०९ ग्राहहकले जरिवानासहितको २४ लाख ४९ हजार ५ सय ५७ रुपैयाँ रकम बुझाएपछि लाइन जोडिएको छ । तेस्तै, लमही वितरण केन्द्रकले ७१४ ग्राहकको लाइन काटिएको छ । केन्द्रले यी ग्राहकबाट ७७ लाख ८२ हजार ६ सय ५८ रुपैयाँ महसुल असुल गर्न बाँकी थियो । यी ग्राहकमध्ये जरिवानासहित ८० लाख ७१ हजार ८ सय ४४ रुपैयाँ बक्यौता बुझाएपछि ६०३ ग्राहकको लाइन जोडिएको केन्द्रले जनाएको छ ।

यसैरी, घोराही वितरण केन्द्रले ४५६ ग्राहकबाट ३८ लाख ६४ हजार ९ सय ९२ रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । केन्द्रले निश्चित अवधिभित्र महसुल बुझाउन बारम्बार ताकेता गर्दा पनि नबुझाएपछि उक्त ग्राहकको लाइन काटिएको हो । ती ग्राहकमध्ये ३७६ ग्राहकले ४६ लाख ३० हजार १६ रुपैयाँ बक्यौता बुझाएपछि उनीहरुको लाइन पुन जोडिएको छ ।

राजापुर वितरण केन्द्रले पनि १९ लाख ४८ हजार ८ सय ४८ रुपैयाँ बक्यौता महसुल असुल गर्न १९७ ग्राहकको लाइन काटिएको छ । ती मध्ये १५९ जना ग्राहकले १७ लाख ४३ हजार ६ सय १२ रुपैयाँ रकम बुझाएको छ । ग्राहकको लाइन काटिएकामध्येमा सबै भन्दा कम रुकुम पूर्व वितरण केन्द्र रहेको छ । यस केन्द्रले ४३ ग्राहकको लाइन काटेको छ । यी ग्राहकबाट ५ लाख ५२ हजार ९ सय ३६ रुपैयाँ बक्यौता असुल गर्न बाँकी थियो । ती मध्ये २३ ग्राहककले १ लाख ६३ हजार ९ सय ७७ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुनःजोडिएको हो ।

याे पनि पढ्नुहाेस्

१ करोड ५६ लाख बक्यौता असुल गर्न २६ सय ग्राहकको लाइन काटियो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit