विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाममा २९ मेगावाटको दुई जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सानिमा माई हाइड्रो पावरले विद्युत् बिक्रीबाट करिब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेको हो । 

साउनदेखि असोजसम्मको अवधिमा ३२ करोड ९८ लाख ७९ हजार १ सय ६८ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनाकामा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको हो । गत वर्ष ३२ करोड १७ लाख ३८ हजार ३ सय ९४ रुपैयाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । 

कम्पनीले विद्युत् बिक्रीबाट आम्दानी गरेसँगै खुद नाफा पनि कमाएको छ । यो अवधिमा कम्पनीले ५ करोड ८३ लाख १८ हजार ६ सय ४८रुपैयाँ नाफा कमाएको छ । कम्पनीकाअनुसार गत वर्षको यही समयअवधिकाे तुलनामा खुद नाफा घटेको हाे । गतवर्ष कम्पनीले २३ करोड २४ लाख १९ हजार ९ सय ९४ रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको इलाममा २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीले हाल यी दुई आयोजनाबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit