विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुनसरीमा निर्माणाधीन २२०/१३२ केभी इनरुवा सबस्टेसन आगामी पुससम्ममा सम्पन्न हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सुनसरीको इनरुवामा निर्माण गरिरहेको सबस्टेसन अबको ४ महिनामा सञ्चालनमा आउन लागेको हो ।

सबस्टेसनको करिब ८० प्रतिशत निर्माण पूरा भइसकेको आयोजना प्रमुख श्याम यादवले बताए । उनका अनुसार सबस्टेसनको संरचना तयार भइसकेको छ । ‘तालिका अनुसार त २ महिना अगाडि नै सबस्टेसनको काम सम्पन्न भइसक्नु पर्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना महामारीको पहिलो तथा दोस्रो लहरको प्रभाव सबस्टेसनको काममा पनि परेकाले निर्माण अवधि केही लम्बिन पुगेको हो ।

कुनै अवरोध नभए पछिल्लो पटक थपिएको तालिकाभित्र नै सबस्टेसन पूरा गर्ने गरी काम गरिरहेका छौं ।’ उनले अहिले सबस्टेसनको ‘कन्ट्रोल सिस्टमको’को काम भइरहेको बताए ।

यो सबस्टेसन निर्माण सम्पन्न हुँदा २२० केभी कोसी कोरिडोर प्रसारण लाइन पनि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । सबस्टेसन पूरा नभएकै कारण २२० केभी प्रसारण लाइनलाई ३३ केभीमा ट्यापिङ गरेर सञ्चालन गरिएको छ ।

यो सबस्टेसन सञ्चालनमा आएपछि तेह्रथुम, धनकुटा, भोजपुर र संखुवासभामा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत कोसी कोरिडोर प्रसारण लाइन हुँदै इनरुवा सबस्टेसनसम्म आइपुग्नेछ । इनरुवाबाट विभिन्न क्षेत्रमा पुर्याइनेछ । 

प्रसारण प्रणालीको गुणस्तर सुधार गर्न प्राधिकरणले इनरुवा–हेटौंडा प्रसारण लाइन अन्तर्गत यो सबस्टेसन निर्माण गरिरहेको हो । सबस्टेसन निर्माण सम्पन्न हुँदा जग्गासहितको लागत करिब ८५ करोड हाराहारीमा पुग्ने देखिएको यादवले जानकारी दिए । आयोजना अन्तर्गत हेटौंडामा पनि अर्को सबस्टेसन निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit