विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, मदेश प्रदेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले सप्तरीमा रहेको महदेवा फ्युज सेवा कार्यालयको उद्घाटन गरेका छन् । प्राधिकरण कन्चनपुर वितरण केन्द्र अन्तर्गत निर्माण भएको कार्यालयको आज (मंसिर २० गते) उद्घाटन गरेका हुन् ।

फ्युज सेवा सञ्चालनले महदेवा गाउँपालिकाका वडा नम्बर २ देखि ६ सम्मका महदेवा, अकवर्पुर, लाउँगी टोल, बाथनहा, पर्साही , भगवतपुर, दुर्गापुर मझौराका ग्राहकहरुमा सहज र गुणस्तर विद्युत् सेवा उपलब्ध हुनेछ ।

यसैगरी, तिरहुत गाउँपालिका केही स्थान र अग्निसाईर कृष्णश्वबन्  गाउँपालिकाका बनौलीका करिब ७००० ग्राहकले भरपर्दो बिजुली पाउने विश्वास लिइएको केन्द्रले जनाएको छ ।

यस फ्युज सेवाले  नियमित लाइन मर्मत सम्भार गर्ने, फ्युज गएमा फ्युज लगाउने लगायत नयाँ मिटरको लागि फारम भर्ने काम र ग्राहकलाई सजिलै बिल बुझाउने समेतको सुविधा हुने केन्द्रका प्रमुख अरुणकुमार साहले बताए ।

महादेवा गाउँपालिका द्वारा आयोजित उद्घाटन कार्यक्रममा उपस्थित हुनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझी  लगायत  तिरहुत र तिलठ्ठी कोइलाडी गाउँपालिका प्रमुखले छिटै आ –आफ्नो नगरपालिका÷गाउँपालिका चुहावट मुक्त गर्न पहल गर्ने समेत प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit