विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धनगढीको विद्युत सेवा एक साताका लागि बन्द गरेको छ । प्राधिकरण धनगढी वितरण केन्द्रले प्रसारण तथा वितरण लाइनको बुस कटिङ र एमसीबी जडान गर्नका लागि सेवा बन्द गरेको हो । 

आज बिहान ७ बजेदेखि सेवा बन्द गरेर उपमहानगरपालिकाको विभिन्न स्थानमा लाइनको बुस कटिङको काम सुरु गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विद्युत सेवा आगामी आइतबार (१४ गते) सम्म बन्द हुनेछ ।

सेवा दैनिक (१० घण्टा बन्द हुने) साँझ ५ बजेबाट सुचारु हुनेछ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गरिने पनि केन्द्रले जनाएको छ । 

यस्तै, प्राधिकरणले तौलिहवा वितरण केन्द्र अन्तर्गतका जीतपुर सबस्टेसनको सम्पूर्ण ११ केभी फिडरको जम्पर मर्मत गर्न र बुस कटिङ गर्न सोमबार र मंगलबार (८/९ गते) सेवा बन्द गर्ने भएको छ । जीतपुर सबस्टेसनको सेवा दैनिक १० घण्टा बन्द हुने केन्द्रले जनाएको छ । सेवा बन्द हुँदा यी सबस्टेसनबाट वितरण हुने सम्पूर्ण क्षेत्र प्रभावित हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit