विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले विगत ४ वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पिपिए) खुलाउन र नयाँ विद्युत ऐन तत्काल ल्याउन माग गरेको छ । इपानले सोमबार (माघ २३ गते) उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङदेनलाई भेटेर यस्तो माग गरेको हो ।

मन्त्री र इपान प्रतिनिधीबीच भएको भेटमा ४ वर्षदेखि रोकिएको पिपिए खुला गर्न, विद्युत व्यापारको लागि निजी क्षेत्रलाई स्वीकृति दिन र विद्युत ऐनलाई समय सापेक्षित बनाउन नयाँ विद्युत ऐन तत्काल ल्याउनुपर्ने लगायतका विषयमा सुझाब दिइएको थियो ।

यस्तै, सरकारले नदी प्रवाही (आरओआर) आयोजनामा लगाएको प्रतिबन्ध हटाउन पनि इपानले माग गरेको छ । गत असारमा सरकारले आरओआर आयोजनाको कोटो ३५ प्रतिशतबाट बढाएर ४५ प्रतिशत पुर्याउने निर्णय गरेपनि नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म कोटा प्रावधानलाई स्वीकृत नगरको इपानले जनाएको छ ।

छलफल सकारात्मक रहेकोले तत्कालै परिणाम आउन सक्ने भन्दै ऊर्जा उत्पादकहरू उत्साहित भएका छन् । छलफल इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य उपाध्यक्षहरू, आशिष गर्ग,  मोहनकुमार डाँगी, महासचिव  गोरे शेर्पा, सचिवहरू बलराम खतिवडा, भरतबहादुर खत्री, कोषाध्यक्ष आनन्द चौधरी, कार्य समिति सदस्यहरू प्रकाशचन्द्र दुलाल, उत्तम भ्लोन, बिक्रम बिष्टको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३