विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवाको उत्तरगंगा गाउँपालिकामा पहिचान भएको २४.६ मेगावाटको माथिल्लो त्रिशुली–१ क्यासकेड जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । त्रिशुली क्यासकेड पावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच बिजुली किन्ने सम्झौता भएको हो ।

प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच आज (कात्तिक १९ गते) आयोजनाबाट उत्पादन भएको विद्युत् किन्ने सम्झौता भएको छ । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक प्रदिपकुमार थिके र कम्पनीको तर्फबाट कार्यकारी निर्देशक दिनेश गुरुङले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्राधिकरणले आयोजनाको विद्युत् प्रतिमेगावाट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्नेछ ।

२१६ मेगावाटको माथिल्लो त्रिशुली-१ को क्यासकेड आयोजनाको इन्टेक उत्तरगंगा गाउँपालिकामा रहनेछ भने विद्युत्‌गृह उत्तरगया गाउँपालिकामा रहनेगरी डिजाइन तयार पारिएको छ ।

यस आयोजनामा ७६० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ । ८.४५ मेगावाटको ३ वटा टवाईन जडान हुनेछ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् ८ किलोमिटर दुरीमा रहेको प्राधिकरणको थ्री बी हब सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको काम निर्माण सुरु भएको ३ वर्षभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । यो आयोजना पूरा भएपछि सुख्खायाममा ३८.६९ प्रतिशत र हिउँदमा ६१.३१ प्रतिशत विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण सम्पन्न गर्न ५ अर्ब ९२ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit