विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । १२ मेगावाटको दूधकुण्ड खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले उत्पादित विद्युत् प्रसारण गर्न २४.५८ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने भएको छ । सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको तिङग्ला सबस्टेसम्मको लाइन निर्माण गर्न लागेको हो । 

कम्पनीले प्रसारण लाइन निर्माणको अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएको जनाएको छ । प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग वा प्रवद्र्धक कम्पनीमा आइपुग्ने गरी लिखित राय/सुझव पेश गर्न माग गरेको छ । 

उक्त प्रसारण लाइन अन्तर्गत ४१२ वटा पोलहरू निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणका लागि करिब १६.६६६१ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । निर्माण सुरु भएको १४ महिनाभित्र प्रसारण लाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit