images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय ऊर्जा नीति तर्जुमा र प्रसारण शुल्क (ह्विलिङ चार्ज) सम्बन्धी निर्देशिका तयार गर्ने भएको छ । शक्तिबहादुर बस्नेतले दोस्रो पटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै बुधबार (फागुन २३ गते) यी दुई नीतिगत काम गर्न निर्देशन सहितकाे निर्णय गरेका हुन् ।

राष्ट्रिय ऊर्जा नीति तर्जुमा गर्न मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ । समितिमा ऊर्जा महाशाखाका सहसचिव नविनराज सिंह, कानून तथा फैसला कार्यन्वयन महाशाखाका सहसचिव कलानिधि पौड्याल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित ४ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।

यसैगरी, राष्ट्रिय प्रसारण प्रणालीमा खुल्ला पहुँच र प्रसारण तथा विवरण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण गर्ने व्यवस्थाको लागि ‘जेनेरल नेटवर्क एक्सेस गाइडलाइन’ तर्जुमा गर्ने निर्णय भएको छ । यसका लागि  तीन महिनाभित्र गाइडलाइन तर्जुमा गरी पेश गर्न ‘जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क’ स्वीकृत भइसकेको छ । उक्त ‘जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क’ को अधिनमा रही विद्युत् नियमन आयोगले ‘जेनेरल नेटवर्क एक्सेस गाइडलाइन’ तर्जुमा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit