विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अन्नपुर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको  घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ६३ मेगावाटको छुजुङ्ग  खोला जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

आफ्ना सेयरधनी सदस्यहरूलाई १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयोजनामा कम्तिमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ।

विद्युत नियमन आयोगले हकप्रद सेयर निष्कासन अनुमति दिएपछि कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १६ गते हकप्रद सेयर निष्कासन विशेष प्रस्तावसहित साभारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit