विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।

शुक्रबार बैंकमा एक कार्यक्रम आयोजना गरी आर्थिक सहयोग प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरे ।

कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पताल जस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको र अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने बज्राचार्यले बताए । उनका अनुसार समाजपयोगी यस कार्यमा सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ ।

 इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टिकृत अस्पतालको निर्माण गर्ने तयारी गरिरहेको कोइरालाले बताए । उनका अनुसार यस इन्स्टिच्युटले बाँकी अन्य प्रदेशमा पनि सोही प्रकृतिको सेटलाइट अस्पताल सञ्चालन गर्न भएको छ ।

बैंकले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भुमिका खेल्ने पनि कोइरालाले बताए । बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit