विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडमा सेयर लगानी गर्ने भएको छ । निफ्रा र वेयरहाउजिङ कम्पनीबीच सेयर लगानी गर्ने सम्झौता भएको हो ।  निफ्राले वेयरहाउजिङमा ५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्ने छ ।

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल वेयरहाउस कम्पनीको ५ कराेड रुपैयाँ बराबरकाे स्वपुँजी (इक्विटी) किन्ने भएकाे छ । यस विषयमा बिहीबार बैंक र कम्पनीबीच सम्झाैता समेत भएकाे छ ।

कम्पनीकाे कूल जारी पुँजी  ५५ करोड रुपैयाँ रहेकाे छ । उसले वैज्ञानिक खाद्यन्न भण्डारण गृह, बाेलकबाेलको माध्यमबाट खाद्यन्न किनबेच र खाद्यन्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्था मार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेकाे छ । 

कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ अर्ब ३९ करोड रहेकोमा सो लगानीमध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिनेछ ।  कम्पनीको हालको पुँजी २३ करोड ३७ लाख रुपैयाँ रहेकोमा सेयरधनीहरुबाट समेत गरि जम्मा ५५ करोड रुपैयाँ जुटाइने छ ।

अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने  ५० करोड जम्मा भए पश्चात आगामी आर्थिक वर्ष ०७९/०८० मा प्राथमिक सेयर (आईपीओ)  निष्कासनबाट कूल पुँजीको २० प्रतिशतमा हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनबाट लगानी जुटाईने कम्पनीले जनाएको छ  । 

कम्पनीमा निफ्राले बैंकले स्वपुँजी तथा ऋण लगानी गर्ने उदेश्य लिएको छ । कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारणगृह निर्माण गरी सो भण्डारणमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। 

कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने वाध्यता कृषकसँग रहिरहेको छ ।

अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। 

यो समस्याको समाधानका लागि कम्पनीले देशका तीन वटा महत्वपुर्ण स्थानहरु  सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा बोलकबोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्धतिलाईसमेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit