विद्युत अपडेट

  • प्राधिकरण : ९२६१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९७३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२०७ मे.वा.घन्टा
  • आयात : १६८५ मे.वा.घन्टा
  • निर्यात : ९१५९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४६१२६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८२ मे.वा.
२०८३ ब‌ैशाख २४, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ कुनौटामा निर्माणाधीन दरखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । दरखोला हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको ६.५ मेगावाटको उक्त आयोजनामा एमएमबि बैंकले ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको हो । 

बिहीबार एक कार्यक्रमबीच बैंकको मुख्यालय बबरमहलमा एक उक्त ऋण लगानीसम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका अध्यक्ष रमेशप्रसाद भण्डारी तथा सञ्चालक बलभद्र ढकालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आयोजनामा बैंकले ९१ करोड रुपैयाँ ऋण लगानी गर्ने छ । करिब १ अर्ब ३० करोड रुपैयाँ लगानी रहने आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत अर्थात् ३९ स्वपुँजी लगानी गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा आयोजनाको प्राविधिक, वातावरणीय तथा पर्यावरणीय पक्ष, स्थानीयको लगानी, अन्य सफल इन्जिनियरको लगानी हेरेर बैंकले ऋण लगानी गरेको आयोजनाका प्रमुख उपेन्द्र घिमिरेले बताए । कार्यक्रममा बैंकका वरिष्ठ डिसिओ सुदेश उपाध्याय र आयोजनाका सञ्चालक कलिराम प्रजा, आयोजना प्राविधिक परामर्शदाताको तर्फबाट सुवासचन्द्र बराल र वित्तीय परामर्शदाता नारायणप्रसाद पौडेललगायतको उपस्थिति थियो ।

क्यु४२.४२ मा डिजाइन गरिएको आयोजना अन्तर्गत १२ मिटर चौडाइको बाँध, २ वटा ढोका, ३० मिटरको पानी छान्ने पोखरी, ४.५ किमि हेडरेस पाइप, ५४८ मिटरको हेड रहने छ । विद्युत्‌गृहमा २ वटा उत्पादन युनिट (टर्बाइन) रहने छन् । 

आयोजनाले वार्षिक ३६ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन हुने विद्युत् करिब ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा जोड्ने योजना छ । 

हाल आयोजनालाई आवश्यक जग्गा खरिद प्रक्रिया सकिएको र सरकारी जग्गा प्राप्तिका लागि काम अघि बढाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३