विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरेको छ । प्राधिकरणले यस प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका सबै क्षेत्रमा विद्युत सेवा पुर्याइसकेको छ ।

प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाको गाउँपालिका, नगरपालिकामा विद्युत सेवा पुर्याइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यदी कुनै स्थानमा बिजुली नपुगेको भए आगामी ७ दिनभित्र जानकारी गराउन आग्रह गरेको छ ।

प्रदेश अन्तर्गत कुनै स्थानमा बिजुली विस्तार गर्न बाँकी वा घरधुरीमा विद्युत सेवाबाट वञ्चित भएमा प्राधिकरण, मदेश प्रादेशिक कार्यालय, जनकपुर वा मातहतका वितरण केन्द्र/उपवितरण केन्द्र/प्रशाखा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

विद्युतीकरण गर्न छुट भएको भेटिएमा ती स्थानमा बिजुली जोडेर मदेश प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit