विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आर्थिक वर्ष (आव २०८१/८२) मा विद्युत् खपत १०.७ प्रतिशतले बढेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहका अवसरमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै उनले यस्तो जानकारी गराएका हुन् । 

उनका अनुसार गत आवको अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा कूल जडित क्षमता ३५९१ मेगावाट पुगेकोमा राष्ट्रिय प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएको थियो । यसमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत् उत्पादक (आइपिपी) हरूको योगदान ५५ प्रतिशत र ११ प्रतिशत विद्युत् भारतबाट आयात गरिएको थियो । नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आवको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको थियो ।

भारततर्फ भएको विद्युत् निर्यात अघिल्लो आवको तुलनामा २२.३३ प्रतिशतले वृद्धि भई २ हजार ३८० गिगावाट घण्टामा पुगेको थियो । सोही अवधिमा नेपालले १७१२ गिगावाट घण्टा विद्युत् आयात गरेको थियो । यसरी गत आव २०८१/८२ मा नेपाल बाट ६६८ गिगावाट घण्टा खूद विद्युत् निर्यात भएको थियो । 

२०८२ असार १८ गते प्राधिकरणको प्रणालीमा सर्वाधिक माग २ हजार ९०१ मेगावाट रेकर्ड गरिएको थियो जसमध्ये २ हजार २१४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६८७ मेगावाट भारततर्फ निर्यात भएको थियो । सुक्खा मौसममा नदी प्रवाही आयोजनाहरूको उत्पादन घटेका कारण २०८१ पुस महिनामा भारतबाट अधिकतम २७४ मेगावाट विद्युत् आयात गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७.१ लाख पुगेको छ । 

यसमा सामुदायिक ग्रामीण विद्युतीकरण मार्फत सेवा लिइरहेका झण्डै ४ लाख ७० हजार ग्राहकहरू समावेश छैनन् । कूल ग्राहक संख्यामध्ये घरेलु ग्राहकहरूको हिस्सा ९१.०८ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२३ प्रतिशत तथा अन्य ग्राहकहरूको हिस्सा ७.६९ प्रतिशत रहेको छ । 

राष्ट्रिय ग्रिड पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ । विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आई आव २०८१/८२ मा १२.२६ प्रतिशत कायम भएको छ । प्राधिकरणको औसत विद्युत् बिक्री प्रति ग्राहक १८७३ युनिटबाट वृद्धि भई गत आवमा प्रति ग्राहक १९७८ युनिट पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३