विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्खाका ४.५ महिना २०० मेगावाट विद्युत बेच्नका लागि गरेको ठेक्का प्रक्रियामा भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड (एनभिभिएन) छनोट भएका छन् ।

विद्युत खरिद गर्न प्रस्ताव पेश गरेका ७ कम्पनी मध्ये सबैभन्दा बढी दर दिन सक्नेमा ती दुई कम्पनी छनोट भएका हुन् । यी कम्पनीहरूसँग आगामी शुक्रबार (जेठ २७ गते) सम्म बिक्री सम्झौता गर्ने प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

उच्च दर प्रस्तावक मानिकरण र एनभिभिएनले तोकिएको अवधिसम्म विद्युत खरिद गर्न क्रमशः प्रतियुनिट भारु ४.८६ (७.७७६ रुपैयाँ) र प्रतियुनिट भारु ४.३० (६.८८ रुपैयाँ) तिर्ने तय भएको छ । दुवै कम्पनीले साढे ४ महिनासम्म २४ घन्टा नै उक्त दरमा १००-१०० मेगावाट विद्युत खरिद गर्ने भएका छन् ।

विद्युत खरिदको ठेक्का प्रक्रियामा उल्लेखित दुई कम्पनी सहित अरुणाञ्चल पावर कम्पनी प्रालि, पिटिसी लिमिटेड, टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेड, रेपेक्स इनर्जी लिमिटेड र क्रियट पावर प्रालि सम्मिलित थिए । खरिद दर प्रस्तावमा सबैभन्दा बढी मानिकरण (भारु ४.८६) र सबैभन्दा कम टाटा पावर (भारु ३.४२) रहेको थियो ।

अब प्राधिकरणले दुई कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरी आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९ गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बेच्नेछ । उल्लेखित दरको आधारमा साढे ४ महिनामा प्राधिकरणले ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ । विद्युत खरिदका क्रममा एनभिभिएन भन्दा मानिकरणले प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ ।

प्राधिकरणले २०० मेगावाट विद्युत बेच्नका लागि भारतीय कम्पनीहरूसँग गत बैशाख २३ गते (मे ६) प्रस्ताव माग गरेको थियो । प्रतिमेगावाट प्रतिमहिना भारु ३० हजार डिपोजिट रकमसहित केन्द्रीय विद्युत नियमन आयोग (सिइआरसी) बाट अनुमतिपत्र प्राप्त कम्पनीसँग प्रस्ताव मागिएको थियो । कम्पनीहरूले पेश गरेको प्रस्ताव जेठ २० गते (जुन ३) मा खोलिएको थियो ।

यता प्राधिकरणले जेठ १९ गतेदेखि भारतीय ऊर्जा एक्सचेन्ज बजार (आइइएक्स) मा ३९ मेगावाट र जेठ २१ गतेदेखि कालीगण्डकी ‘ए’बाट १४० मेगावाट विद्युत बेच्न सुरु गरेको छ । नेपालले २०७८ सालको कात्तिकमा आइइएक्समा ३९ मेगावाट र सोही वर्षको चैत १८ गते भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा कूल ३६४ मेगावाट बेच्ने स्वीकृति प्राप्त गरेको थियो ।

उल्लेखित तथ्यको आधारमा बर्खाको समयमा प्राधिकरणले ५६४ मेगावाट (ठेक्का र आइइएक्स बजारमा सहित) विद्युत भारत बेच्न स्वीकृत पाएको छ । यो परिमाणको विद्युत भारतमा बिक्री गर्दा १० अर्ब रुपैयाँ आम्दानी हुने प्राधिकरणको प्रक्षेपण छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो वर्ष २९ अर्ब रुपैयाँसम्मको विद्युत बेच्ने घोषणा गरेका छन् ।

चालू वर्षको बर्खामा झन्डै १००० मेगावाट विद्युत बढी हुने प्राधिकरणको प्रक्षेपण छ । अतः बर्खाका साढे ४ महिना अझै ५०० मेगावाट हाराहारी विद्युत बढी हुने देखिन्छ । उक्त परिमाणको विद्युत बिक्री गर्ने विषयमा भने प्राधिकरणले कुनै तयारी गरेको देखिँदैन । अतः गत वर्ष जस्तै यो वर्ष पनि ५०० मेगावाट खेर जाने निश्चित नै देखिन्छ ।

उता निजी क्षेत्रले लामो समयदेखि भारतमा नेपालको विद्युतको बजार रहेको हुँदा व्यापारको अनुमति मागिरहे पनि सरकारले अनेक कुरा गर्दै टारिरहको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कहिले तुरुन्तै निजी क्षेत्रलाई अनुमति दिने बताउँछिन त कहिले नयाँ विद्युत ऐनमा ती कुरा समेट्ने भन्ने गरेकी छन् ।

विद्युत व्यापारको अनुमति दिए निजी क्षेत्र भारतमा बिजुली बेच्न सक्षम रहेको उसले दोहोर्याउँदै आएको छ । ऊर्जा मन्त्री भुसाल भने अरू विकल्प नभए अध्यादेश ल्याएर भए पनि अनुमति दिने भन्दै आश्वस्त पारिरहेकी छन् । उता विद्युत नियमन आयोगले समेत यसमा खासै गृहकार्य गरेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit