विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १ को विभिन्न जिल्लामा पहिचान भएका ९ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन सकिएको छ । विद्युत विकास विभागले प्रदेश अन्तर्गतका १४ जिल्लामा पहिचान भएका आयोजनाको अध्ययन पूरा गरेको हो ।

विभागका अनुसार २०७९ असारसम्ममा ९४१ मेगावाटका आयोजनाले अध्ययन पूरा भइ उत्पादन अनुमतिका लागिका आवेदन दिएका छ । प्रदेशको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, धनकुटा, खोटाङ, मोरङ, ओखलढुङ्गा, सुनसरी र उदयपुर जिल्लामा पहिचान भएका आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् ।

अध्ययन पूरा भएका आयोजनामध्ये १०० मेगावाटदेखि ५०० मेगावाट क्षमतासम्मका ६३५ मेगावाटका जलविद्युत आयोजना रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै, २५ मेगावाटदेखि १०० मेगावाटसम्मका २२० मेगावाटका आयोजना, ५ देखि २५ मेगावाटका ८३ मेगावाटका आयोजना र ५ मेगावाटभन्दा कम क्षमताका ३ मेगावाटका आयोजनाको अध्ययन सकिएको छ । यी आयोजनाले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

१३२ मेगावाटको तल्लो बरुण, १७१ मेगावाटको दुधकोसी–६, १६६ मेगावाटको सुपर तमोर, १६६ मेगावाटको सुपर दुधकोसी–६, ७२ मेगावाटको माथिल्लो तमोर ‘ए’ लगायतका आयोजनाको अध्ययन पूरा भएको छ ।

यो प्रदेशमा हालसम्मा २४८२ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माण प्रक्रिया अगाडी बढाएका छन् । १०० मेगावाटदेखि ५०० मेगावाट क्षमता सम्मका ४१३ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।  २५ मेगावाटदेखि १०० मेगावाट सम्मका ७८७ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट सम्मका ३७० मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १२ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit