images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको विद्युत गृहतर्फ ११०० मिटर सुरुङ खन्ने काम सकिएको छ । १४५६ मिटर लामो सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको हो ।

निर्माणाधीन आयोजनाको ३५६ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको ४३ प्रतिशत निर्माण सम्पन्न भइसकेको तनहुँ जलविद्युत लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताए ।

आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माण कार्यको २५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । जेभीले २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार ८ सय ७८ रुपैयाँमा सम्झौता गरेको थियो ।

प्याकेज–२ अन्तर्गत १, २ र ३ को विद्युतगृह जाने सुरुङको सबै कार्य सम्पन्न भइसकेको छ । यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत टावरको जग राख्ने कार्य भइरहेको छ । वन नीतिका कारण अहिले विद्युत टावर निर्माणमा समस्या भएको छ । उक्त प्याकेजको ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख राजाभाई शिल्पकारले जानकारी दिए ।

आयोजनाको विद्युत प्रवाह हुने ३४.७ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य भएपनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

त्यसैगरी, आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कामको जिम्मेवारी सिनो हाइड्रो पावर लिमिटेडले पाएको छ । २०७५ असोज १५ गते ३ अर्ब ८३ करोड १३ लाख ६० हजार ३ सय ६१ रुपैयाँमा सम्झौता भएको थियो थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि सुरु भएको हो ।

प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण भइरहेको छ । उक्त प्याकेजको कामका लागि केइसीसँग सन २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो । उक्त प्याकेजको ६९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit