विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलविद्युत आयोजनामा खटाउने गरी २० कर्मचारीको माग गरिएकाे छ। आयोजनास्थलका लागि आवश्यक रिक्त पदपूर्ति गर्न इन्जिनियर माग गरिएकाे हाे ।

२ जना बरिष्ट इन्जिनियर (विज्ञ तह), ७ जना बरिष्ठ इन्जिनियर र ११ जना इन्जिनियरको  रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बरिष्ट इन्जिनियर (विज्ञ तह) को लागि सम्बन्धीत विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको वा कम्तीमा पनि १५ वर्षसम्म हइड्रो पावर क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । 

यस्तै वरिष्ठ इन्जिनियरका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेकोले १० वर्ष काम गरेकाे अनुभव भएकाे र इन्जिनिरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा पनि १५ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको हुनुपर्नेछ । यस्तै, इन्जिनियरका लागि इन्जिनियरिङ डिप्लोमा गरी कम्तिमा ८ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । 

भूवैज्ञानिक, सामग्री इन्जिनियर र कार्यलय इन्जिनियरका लागि स्नातक तह उत्तीर्ण गरी कम्तीमा पनि ५ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने कम्पनीले जनाएकाे छ । स्वास्थ/सुरक्षा, स्वास्थ्य सहायक र सर्वेक्षकको लागि स्नातक तह अथवा डिप्लोमा गरी कम्तीमा पनि ५ वर्ष सम्बन्धीत क्षेत्रमा प्रयोगात्मक रुपमा काम गरेको हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले २०७९ भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit