images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले ८ महिनामा विद्युत महसुल नबुझाउने ग्राहकहरूको लाइन काटी ४ करोड २२ लाख रुपैयाँ बढी विद्युत बक्यौता उठाएको छ । केन्द्रले लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बाँकी महसुल असुल गरेको हो ।

केन्द्रले आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि फागुनसम्मको अवधिमा १८९६ ग्राहकका लाइन काटेको छ । यी ग्राहकहरूबाट ५ करोड ७५ लाख ८८ हजार ६ सय रुपैयाँ असुल गर्न बाँकी रहेको केन्द्रका सहायक लेखापाल हरि खड्काले बताए ।

‘लाइन काटिएका ग्राहकमध्ये ११६७ जनाले बाँकी महसुल बुझाएपछि उनीहरूको लाइन पुन जोडिएको छ’, उनले ऊर्जा खबरसँग भने, ‘लाइन जोडिएका ग्राहकबाट ४ करोड २२ लाख ८९ हजार ८ सय रुपयाँ संकलन भएको छ ।’ बाँकी ग्राहकले महसुल बुझाएपछि लाइन पुन जोडिनेछ ।

महसुल नबुझाउने ग्राहकहरूलाई बारम्बार ताकेता गर्दापनि बाँकी बक्यौता नबुझाएपछि लाइन काटेको केन्द्रले जनाएको छ । केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन काटी बाँकी बक्यौता उठाउने कामलाई तिव्र गतिमा अघि बढाएको छ ।

यो अवधिमा विद्युत चुुहावट नियन्त्रण अभियानबाट १ लाख ५७ हजार १ सय २८ रुपैयाँ जरीवाना उठाइएको छ । ८ महिनाको अवधिमा १९२ लगत खारेज, १५६९ वटा सिंगल फेज मिटर र ७६ वटा थ्री फेज मिटर रिसिलिङ गरिएको केन्द्रले जनाएको छ ।

यस्तै, याे अवधिमा ३१५१ नयाँ ग्राहक थप भएका छन् । अहिले केन्द्र अन्तर्गत ७२ हजार ६ सय ३५ जना ग्राहकले सेवा लिइरहेको छन् । केन्द्र अन्तर्गत २.६५ प्रतिशत चुहावट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit