विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २२, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

बाजुरा । पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्‌का खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खसेर सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेपछि शनिबार करिब ९ः०० बजेदेखि जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको उनले बताए । आइतरबार निरन्तर वर्षा भएका कारण पाेल मर्मत गरी अवरुद्ध सेवा सञ्चालनमा ल्याउन नसकिएको जोशीले बताए ।

अछामकाे साँफेबगर सबस्टेसनबाट बाजुराको सदरमुकाम मार्तडीसम्म लगिएकाे उक्त ३३ केभीकाे लाइनमा क्षति पुगे अर्को पुरानो ११ केभी लाइन समेत रहेकाे बताइएकाे छ । यी दुई मध्ये जुन छिटो सञ्चालनमा ल्याउन सकिन्छ सोही लाइनबाट तत्कालका लागि विद्युत् सेवा सुरु गर्ने विषयमा समेत साेचिएको केन्द्रका प्रशासन प्रमुख चुनिराम चाैधरीले बताए ।

विद्युत् सेवा अवरुद्ध भएपछि सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् भने विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् । अविरल वर्षाका कारण बाजुरामा साँफे-मार्तडी सडकखण्डसमेत ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३