विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सानीमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले ४७ मेगावाटको दुधकोसी–४ जलविद्युत् आयोजनाको विकास गर्न स्थापना गरिने स्पेसल पर्पस भेहिकल (एसपिभी) कम्पनीमा ६ प्रतिशत सेयर लगानी गर्ने भएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको कम्पनीले जनाएको हो ।

निर्माण–सञ्चालन–स्वामित्व ग्रहण–हस्तान्तरण (बुट) प्रारूपमा उक्त आयोजना विकास गर्न विद्युत् विकास विभागले आशयपत्र आह्वान गरेकोमा आशयपत्र बुझाएका मध्ये सानीमा मिडिल तमोर र भ्योमा हाइड्रो प्रालिको संयुक्त उपक्रम (जेभी) कम्पनी छनोटमा परेको थियो । विभागले भदौ १० गते उक्त जेभी कम्पनीलाई छनोट गरेपछि कम्पनीले विशेष प्रयोजनको (एसपिभी) कम्पनी स्थापना गर्ने भएको हो । एसपिभी कम्पनीमा बाँकी लगानी भ्योमा हाइड्रोले गर्ने छ । 

कम्पनीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा ७३ मेगावाटको मध्य तमोर जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । यो सानीमा हाइड्रो ग्रुप अन्तर्गतको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३