विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तीन जलविद्युत कम्पनीले बिजुली बेचेर साढे ५ अर्ब बढी आम्दानी गरेका छन् । सगरमाथा जलविद्युत कम्पनी, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रो पावर लिमिटेड  र सिक्लेस हाइड्रो पावर कम्पनी आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनाकाे अवधिमा साे आम्दानी गरेका हुन् ।

कम्पनीहरूले सार्वजनिक गरेकाे आव तेस्राे त्रैमासकाे वित्तीय विवरण अनुसार साउनदेखि चैतसम्मको अवधिमा ५ अर्ब ७६ करोड ८८ हजार २ सय ३५ रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीहरूले गरेकाे आम्दानी गत वर्षको तुलनामा बढेको देखिएकाे छ ।

सगरमाथा जलविद्युतले ९.६ मेगावाटको सुपरमाई ‘ए’  काे विद्युत बेचेर १९ करोड ८७ लाख ६८ हजार ३ सय रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ । सिक्लेसले १३ मेगावाटकाे मद्क्यूकाे बिजुली बिकी गरी २३ करोड ९९ लाख ८१ हजार ३ सय रुपैयाँ र युनाइटेड इदी मर्दीले ७ मेगावाटकाे माथिल्लाे मर्दीकाे बिजुली बेचेर १३ करोड ७३ लाख ३८ हजार ५ सय रुपैया आम्दानी गरेको छ ।

यसैगरी, उक्त तीन कम्पनीले ९ महिनाको अवधिमा १२ करोड ९६ लाख २१ हजार ५ सय रुपैया खुद नाफा कमाएका छन् । विद्युत  उत्पादन आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको देखिएको छ ।

सगरमाथा जलविद्युतले ४ करोड ५४ लाख ६१ हजार ५ सय ८३, सिक्लेस हाइड्रो पावर लिमिटेडले ५ करोड ९६ लाख ५२ हजार युनाइटेड इदी मर्दीले २ करोड ४५ लाख ७ कजार ८ सय रुपैया नाफा कमाएकाे विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit