विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला सेवाबाट अवकास भएका छन् । प्राधिकरणमा साढे ३२ वर्ष लामो कार्यकाल पूरा गरी मंगलबार (भदौ २२ गते) देखि उनले सेवाबाट अनिवार्य अवकास पाएका हुन् ।

२०४५ साल फागुनमा ६ तह (सहायक लेखा अधिकृत) बाट प्राधिकरणको सेवामा प्रवेश गरेका कोइराला अर्थ निर्देशनालयको उपकार्यकारी निर्देशक (१२ तह) को जिम्मेवारीमा पुगेपछि अनिवार्य अवकास पाएका हुन् । अर्थ निर्देशनालयको प्रमुख भई उनले ७ वर्ष सेवा गरेपछि यहीबाट अवकास भएका हुन् ।

प्राधिकरणमा रहँदा उनले केही समय निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पनि पाएका थिए । अहिलेका कार्यकारी निर्देशक कुलमान घिसिङ पहिलो कार्यकाल पूरा गरेर प्राधिकरणबाट बाहिरिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

अवकासपछि स्वतन्त्ररूपमा चार्टड एकाउन्टेन (सिए) भएर काम गर्ने योजना रहेको कोइरालाले बताए । ‘प्राधिकरणमा लामो समय सेवा गरेर अवकास लिएकाले अब कुनै नयाँ ठाउँमा आवद्ध भएर काम गर्ने मेरो योजना छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘स्वतन्त्ररूपमा आउने काम मात्रै गरेर बस्छु ।’ 

उनले ३ दशक बढी समय प्राधिकरणमा बिताएकाले अहिले छोड्दा दुखः लागे पनि आउने दिनका लागि खुसी लागेको बताए । प्राधिकरणले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी कोइरालाको विदाई गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit