विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी मंसिरमा दिर्घ सेवा पदक र उपहार पदक वितरण गर्ने भएको छ । प्राधिकरणले ३६ औ वार्षिक उत्सवको अवसरमा कर्मचारीलाई प्रदान गरिएको पदक वितरण गर्न लागेको हो ।

दिर्घ सेवा र उपहार पदक विभिन्न प्रादेशिक र डिभिजन कार्यालयबाट वितरण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आगामी कात्तिक २७ गते बागमती प्रदेशको प्रदेश डिभिजन कार्यालय हेटौडाबाट वितरण गरिनेछ ।

यस्तै, मंसिर २ गते गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरामा, ५ गते लुम्बिनी प्रदेशको प्रादेशिक कार्यालय बुटवलमा, ९ र १० गते प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय जनकपुरमा र प्रदेश नम्बर १ को प्रादेशिक कार्यालय विराटनगरमा वितरण गरिनेछ ।

डिभिजन कार्यालय नेपालगञ्ज र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतमा १४ र १५ गते वितरण गरिनेछ । १७ गते सुदुरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय अत्तरियामा वितरण गरिनेछ ।

प्राधिकरणले वार्षिकोत्सवका अवसरमा ४७१ कर्मचारीलाई दीर्घसेवा पदकबाट र ३५१ जनालाई उपहार पदकबाट सम्मान गर्ने निर्णय गरेको हो । 
प्राधिकरणले यसअघिनै पदक वितरण गर्ने समय तालिका निर्धारण गरेपनि विविध कारणले गर्दा गत भदौ १३ गते सुचना प्रकाशन गरी कार्यक्रम स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit