विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ९० करोड रुपैयाँ लागतमा १३२ केभी चोभार–पाटन भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । बागमती प्रदेश अन्तर्गत निर्माणाधीन चोभार सबस्टेसनदेखि पाटन सबस्टेनससम्मको ४.५ किलोमिटर लामो भूमिगत लाइन निर्माण गर्न लागेको हो ।

२०० मेगावाट विद्युत प्रवाह क्षमता रहनेगरी कीर्तिपुर नगरपालिकाको चोभारमा निर्माण भइरहेको १३२ केभी चोभार सबस्टेनदेखि ललितपुर महानगरपालिकाको ३३ केभी पाटन सबस्टेसनसम्म भूमिगत लाइन निर्माण गर्ने तयारी गरिएको आयोजना प्रमुख उदेश श्रेष्ठले बताए । उनका अनुसार आयोजनाको अहिले प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार भइरहेको छ ।

आयोजना निर्माण गर्दा भौतिक, रासायनिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक, वातावरणसँग सम्बन्धित तथ्यांक संकलनको काम भइरहेको छ । प्रतिवेदन तयारीका लागि प्राधिकरणले बुधबार (मंसिर २१ गते) सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरी स्थानीय सरोकारवाला व्यक्ति, घरधनी, व्यापार व्यवसायमा संलग्न निकाय, संघ संस्था प्रतिनिधिहरूसँग राय/सुझाव लिएको छ ।

कार्यक्रममा उपत्यकाभित्र बन्ने प्रसारण लाइन भूमिगत गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको श्रेष्ठले बताए । अबको दिनमा उपत्यकाको घना बस्तीमा ओभरहेड लाइन निर्माण गर्नु करिब–करिब असम्भव नै छ । ओभरहेड भन्दा भूमिगत लाइन १४ गुणासम्म महँगो पर्ने प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं उपत्यकाको विद्युत प्रणालीलाई सफा, भरपर्दो र स्तरोन्नति गर्नका लागि प्राधिकरणले भूमिगत लाइन निर्माण अघि बढाएको छ’, उनले भने, ‘भूमिगत लाइन निर्माण गर्दा वातावरणमा कम क्षति पुग्ने गरि काम गरिनेछ ।’

आयोजना अन्तर्गत नै ३३ केभी पाटन सबस्टेनलाई १३२ केभी जीआइएस सबस्टेसनमा स्तरोन्नति गरिनेछ । आयोजनाको काम निर्माण सुरु भएको २ वर्षमा सम्पन्न गरिने योजना छ । आयोजनाको सम्पन्न गर्न ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit