विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माण भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाबाट आगामी फगुन १६ (फेब्रुअरी २८) देखि व्यावसायिक विद्युत् उत्पादन गर्ने तयारी थालिएको छ । आयोजना निर्माणको सम्पूर्ण काम पूरा भएकाले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा उत्पादनको तयारी भइरहेको छ ।

अहिले सुरुङमा पानी भरिरहेको र अन्य उपकरणहरू पनि परीक्षण भइरहेको आयोजनाका कन्ट्र्याक्ट इन्जिनियर बिजेन्द्रलाल राजभण्डारीले बताए । ‘सुरुङ परीक्षण गर्न पानी भरिरहेका छौं, फागुन दोस्रो सातासम्म व्यावसायिक उत्पादन गर्न सकिन्छ कि भन्ने प्रयास हो,’ उनले भने, ‘परीक्षणअनुसार व्यावसायिक उत्पादनको अवधि अघिपछि पनि हुन सक्छ ।’

उत्पादित विद्युत् २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा जोडिनेछ । यो सबस्टेसनको काम पूरा भएकोले माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै उद्घाटन गरेका थिए । सबस्टेसनसम्मको ४ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक आफैंले निर्माण गरेको छ ।

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएर निर्धारित लक्ष्यभन्दा निकै ढिलो पूरा भएको मिस्ट्री खोला अहिलेसम्म निर्माण भएका निजी क्षेत्रका आयोजना भन्दा निकै सस्तो मानिएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड निर्माणमा ढिलाई गर्दा आयोजना पनि प्रभावित भएको थियो ।

प्रसारण लाइन निर्माणको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता घटना भए पनि आयोजना प्रतिमेगावाट करिब १४ करोड रुपैयाँमा पूरा भएको प्रवद्र्धक कम्पनी माउन्टेन इनर्जी कम्पनी प्रालिले जानकारी दिएको छ । आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटसै, सिटी मनी एक्सप्रेस लगायत व्यापारिक घरानाको लगानी छ ।

५ अर्ब ६४ करोड रुपैयाँ लागतमा पूरा भएको आयोजनामा नबिल बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । यसैलाई आधार मान्दा प्रतिमेगावाट लागत करिब १३.४३ करोड रुपैयाँ हुन आउँछ ।

आयोजनामा नबिल (१ अर्ब) सँगै नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ अर्ब, नेपाल बैंकले ५० करोड, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलपमेन्ट बैंकले ३० करोड लगानी गरेका छन् । मिस्ट्री खोलाले २०६८ असोज २० गते उत्पादन अनुमतिपत्र पाएको थियो ।

कम्पनीले यसअघि नै सर्वसाधारणका लागि २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । आयोजना आकर्षक भएको हुँदा यसको सेयर मूल्य पनि त्यही अनुसार किनबेच भइरहेको छ ।

माउन्टेन इनर्जीले यसअघि नुवाकोटको तादी खोलामा ५ मेगावाटको तादी खोला निर्माण गरी सञ्चालन गरिरहेको छ । यस्तै, कम्पनीले मिस्ट्री खोलाको विद्युत्गृहबाट निस्केको पानी उपयोग गरी मिस्ट्री खोला–२ (क्यासकेड) को निर्माण अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit