विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । छ्याङ्दी हाइड्रो पावर कम्पनीले लमजुङमा निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी थापाले बताए । उनका अनुसार आयोजनाबाट गत शुक्रबार (मंसिर २४ गते) देखि व्यापारीक उत्पादन सुरु भएका हो ।

‘मंसिर ७ गतेबाट परीक्षण उत्पादन सुरु गरेका थियाैं,’ उनले ऊर्जा खबर सँग भने, ‘विद्युत खरिद सम्झौता (पिपिए) मा भएकाे व्यवस्था अनुसार परीक्षणकाे चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गरिएको छ ।’ उनले २ सातासम्म आयोजनाबाट परीक्षण उत्पादन गरी प्राधिकरणलाई निशुल्क विद्युत दिएको बताए ।

प्रवर्द्धक कम्पनीले वार्षिक  २१.६३ गिगावाट घन्टा विद्युत प्राधिकरणलाई बिक्री गर्नेछ । यसअघि आयोजनाबाट २०७७ चैतदेखि नै उत्पादन सुरु गर्ने भनिए पनि कोरोना (कोभिड–१९) महमारीका कारण निर्माण प्रभावित हुँदा लक्ष्यभन्दा ७ महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

विद्युत  प्राधिकरणसँग भएको पिपिए अनुसार आयोजनाबाट २०७८ भदौदेखि विद्युत उत्पादन गर्नुपर्नेमा लक्ष्यभन्दा ५ महिना अघि उत्पादन सुरु गर्ने दाबी कम्पनीले गरेको थियो ।

कोरोना महामारी र बर्खाका कारण प्राधिकरणले दिएको तालिकाभन्दा २ महिना ढिलो गरी आयोजनाले उत्पादन सुरु गरेको छ । यो आयोजना सम्पन्न हुँदा ७९ करोड रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा ५६ करोड रुपैयाँ ऋण र २३ करोड रुपैयाँ स्वपुँजी लगानी छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकले पनि ऋण लगानी गरेको छ ।

कम्पनीले स्वपुँजी लगानीका ८ लाख ९० हजार कित्ता (३० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले यसअघि निर्माण गरेको २ मेगावाटको छ्याङ्दी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit