विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन तथा निर्माणको तयारीमा रहेको जलविद्युत आयोजनामा खटाउनेगरी जेड कन्सल्ट प्रालीले ४ कर्मचारीको माग गरेको छ । निजी तथा सरकारी निकायले अघि बढाएको आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको हो ।

निवासी इन्जिनियर, भुगर्भविद, सिभिल इन्जिनियर र सर्वेक्षक माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निवासीय इन्जिनियरका लागि सिभिल इन्जिनियर विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

भुगर्भविदका लागि भु–विज्ञान विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । यसका लागि हाइड्रो पावरको सुरुङमा काम गरेको अनुभव हुनुपर्नेछ । 

यसैगरी, सिभिल इन्जिनियरका लागि भने सिभिल इन्जिनियरीङमा स्नातक गरी हाइड्रो पावर क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिनेछ । सर्वेक्षकका लागि ज्यामितीय र सिभिल इन्जिनियरमा डिप्लोमा पास गरी कम्तीमा पनि ५ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको हुनुपर्नेछ । 

इच्छुक योग्य व्यक्तिले चैत १ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit