विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले हाल ५,०८९‍ ०२ मेगावाटका १९ जलविद्युत् आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययन कार्य विभिन्न चरणमा अघि बढाइरहेको छ । विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नदी प्रवाहमा आधारित (आरओआर), आंशिक जलाशय (पिआरओआर) र जलाशय (स्टोरेज) प्रकृतिका आयोजनाहरूको अध्ययन गरिरहेको हो ।

विभागको तथ्याङ्क अनुसार अध्ययनरत आयोजनाहरूमध्ये सबैभन्दा बढी हिस्सा जलाशय आयोजनाको रहेको छ । यस अनुसार हाल ३,६४२.१५ मेगावाटका ९ वटा जलाशय आयोजनाहरूको अध्ययन भइरहेको छ । ती मध्ये रामेछापमा १२१६ मेगावाटको खिम्ती ठोसे शिवालय जलाशय सबैभन्दा ठूलो आयोजना हो । 

त्यस्तै, ६५० मेगावाटको कालीगण्डकी–२ (स्याङ्जा), ६४० मेगावाटको कालीगण्डकी (पर्वत), ३२५ मेगावाटको भारबुङ (डोल्पा), २७३.४ मेगावाटको तल्लो बडीगाड (गुल्मी),  १९४.१ मेगावाटको सुरन्यागाड (डडेल्धुरा), १६९.५ मेगावाटको छेरा–१ (जाजरकोट), ११९ मेगावाटको माडी सिति (लमजुङ) र ५५.१५ मेगावाटको मनहरि खोला (मकवानपुर) आयोजना अध्ययनको विभिन्न चरणमा रहेका छन् ।

त्यसैगरी, आंशिक जलाशय प्रकृतिका (पिआरओआर) १,३०६.७४ मेगावाटका ६ आयोजनाको अध्ययन भइरहेको छ । यस अन्तर्गत ६८१.२ मेगावाटको हुम्ला कर्णाली क्यास्केड, २११।०२ मेगावाटको भेरी–२, १३६.४८ मेगावाटको माथिल्लो कर्णाली ‘बी’, ९७.४३ मेगावाटको डाँडागाउँ खलङ्गा भेरी, ८९.३५ मेगावाटको मुगु कर्णाली, ४९.२६ मेगावाटको घटगङ्गा र ४२ मेगावाटको  मर्स्याङ्दी–३ रहेका छन् ।

यस्तै, नदीको बहावमा आधारित प्रकृतिका १४०.१३ मेगावाटका ३ वटा आयोजनाहरू पनि अध्ययनको क्रममा छन् । जसमा ताप्लेजुङको यान्मा खोला (६५ मेगावाट), गोर्खाको टम डोगार बूढीगण्डकी (४०.२ मेगावाट) र सुपर बूढीगण्डकी (३४.९३ मेगावाट) रहेका छन् ।

प्रादेशिक हिसाबले हेर्दा कर्णाली र गण्डकी प्रदेशमा ठूला र धेरै क्षमताका आयोजनाहरूको अध्ययन भइरहेको देखिन्छ । सरकारले आगामी दशकमा हासिल गर्न खोजेको उर्जा विकासको लक्ष्यलाई सघाउ पुर्‍याउन र सुख्खायामको विद्युत् माग धान्न सक्ने जलाशय आयोजनालाई प्राथमिकतामा राखेर यो अध्ययन अघि बढाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३