विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २१, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद द्वय श्रीराम न्याैपाने र सागर ढकाल चिलिमे जलविद्युत् केन्द्रमा पुगेका छन् । रसुवाको स्याफ्रुबेँसीस्थित केन्द्रको भूमिगत विद्युत्‌गृह तथा सुरुङ क्षेत्रमा फसेकाहरूको उद्धारमा सघाउन उनीहरु त्यहाँ पुगेका हुन् ।

स्थलगत अवस्थाको अनुगमनपछि उनीहरू उद्धार कार्यलाई सहज बनाउन समन्वयमा जुटेका छन् । उक्त क्षेत्रको वस्तुस्थितिबारे जानकारी दिँदै सांसद ढकालले तत्काल 'ब्लास्ट' गरेर बाटो खोल्ने झन्झटमा नपरी उद्धार कार्यलाई प्राथमिकता दिन सेनालाई आग्रह गरिएको बताएका छन् । ब्लास्ट नगरिकन बाटोको निश्चित भाग मात्र खुलाउन सके पनि उद्धार तथा राहतको काम धेरै नै सहज हुने उनको भनाइ छ ।

'श्रीराम सर र म भर्खर चिलिमे पुग्यौँ, तत्काल ब्लास्ट गरेर बाटो खोल्न अल्झिन नपर्ने कुरा आर्मीलाई भनिसकेका छौँ सांसद ढकालले भने, 'यति मात्र खोल्यो भने रेस्क्यु काम धेरै नै सजिलो हुन्छ । अरु सहजका कार्य सोच्दै छौँ,' 

प्रतिकूल परिस्थितिमा पनि उद्धार कार्यलाई कसरी थप प्रभावकारी र सहज बनाउन सकिन्छ भन्ने विषयमा थप उपायहरू खोज्ने काम भइरहेको उनले जानकारी दिएका छन् । चिलिमे क्षेत्रमा पछिल्लो समय देखिएको समस्या र अवरुद्ध बाटोका कारण उद्धारमा कठिनाइ भइरहेका बेला जनप्रतिनिधिको यो प्रत्यक्ष उपस्थिति र समन्वयले उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पेशाले इन्जिनियर रहेका यी दुवै सांसद यसअघि माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङमा फसकेकाहरूको उद्धारमा जुटेका थिए । त्यहाँबाट २ जना कर्मचारीको सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३