विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माणाधीन १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड जलविद्युत आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन जलविद्युत आयोजनामा स्वपुँजी लगानी जुटाउन सेयरधनीका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

पहिले नै पिलुवा खोलाका लागि साधारण सेयर निष्कासन गरिसकेकाले अहिले क्यासकेड आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्न लागिएको हो । सेयरधनीका लागि चुक्ता पुँजीको  १ः०५ (५० प्रतिशत) सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । 

‘हकप्रद सेयर निष्कासन गर्न बोर्डमा दिएको आवेदन स्वीकृत हुने चरणमा छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यही साताभित्र स्वीकृति मिल्यो भने चाँडै सेयर निष्कासन गरेर बाँडफाँड गर्छौं ।’ उनले कम्पनीको १ः१ (सतप्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने योजनाअनुसार पहिलो चरणमा १ः०५ अनुपातमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिने बताए । 

पहिलो चरणको सेयर निष्कासनबाट उठेको रकम काबेली ‘बी’–१ क्यासकेड आयोजनामा स्वपुँजी लगानीको रूपमा खर्च गरिनेछ । यो आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाको कूल लागतको ७० प्रतिशत हुन आउने अर्ब ४० करोड रुपैयाँ ऋण लगानी छ । ६० करोड रुपैयाँ स्वपुँजी लगानी छ । स्वपुँजी लगानीका लागि आवश्यक ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ पहिलो चरणको हकप्रद सेयर निष्कासनबाट उठाइने कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजना ६० प्रतिशत पूरा भइसकेको छ । आयोजनाबाट २०७८ असोज १ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ । दोस्रो चरणको हकप्रद सेयर निष्कासन गरेर अहिले अध्ययनको चरणमा रहेको आयोजनामा लगानी जुटाउने योजना रहेको कम्पनीले जनाएको छ ।

अरुण भ्यालीले पहिलो पटक संखुवासभामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरेको थियो । कम्पनीले सहायक कम्पनीमार्फत पनि आधा दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३