विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविरामको सहमतिपछि  बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । युद्धविरामको सहमतिले तेल आपूर्तिमा हुनसक्ने अवरोधको डर कम गरेपछि तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल १०० डलरभन्दा मुनि झरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य घटेर प्रतिब्यारेल ९४.९५ डलरमा समेटिएको छ । अमेरिकी डब्ल्युटिआई क्रुड झण्डै ९६ डलरमा झरेको छ । यो एकै दिनको कारोबारमा १३ प्रतिशतभन्दा बढीको गिरावट हो ।

पाकिस्तानको मध्यस्थतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविराम गर्ने सहमति गरेपछि तेलको मूल्यमा यो गिरावट आएको हो । यस सहमतिसँगै इरानले विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने महत्वपूर्ण मार्ग हर्मुज जलडमरू भएको छ ।

हालैका हप्ताहरूमा युद्ध र आपूर्ति कटौतीको डरका कारण कच्चा तेलको मूल्य प्रति ब्यारल ११० डलर नाघेर उच्च बिन्दुमा पुगेको थियो । तेल पूर्वाधारहरूमा सम्भावित आक्रमण र ढुवानी मार्गमा अवरोध आउने चिन्ताले मूल्यलाई केही वर्ष यताकै उच्च स्तरमा पुर्‍याएको हाे ।

विश्लेषकहरूका अनुसार, यो ठूलो गिरावटले द्वन्द्वको समयमा तेलको मूल्यमा थपिएको ‘जोखिम प्रिमियम’ हटेको संकेत गर्दछ । तनाव कम भएसँगै (कम्तीमा अहिलेका लागि), बजारले आपूर्तिमा सहजता र यस क्षेत्रमा ढुवानी प्रवाह सुचारु हुने अपेक्षा गरेको छ । यद्यपि, यो युद्धविराम अस्थायी र ससर्त भएकाले बजारमा अझै पनि उतारचढाव कायम रहने सम्भावना छ ।

मूल्यमा गिरावट आए पनि तेलको मूल्य अझै पनि द्वन्द्व सुरु हुनुभन्दा अघिको स्तरभन्दा माथि नै छ, जसले बजार अझै पनि सतर्क रहेको देखाउँछ । युद्धविराम भंग भएमा वा पुनः तनाव बढेमा मूल्य फेरि तीव्र रूपमा बढ्न सक्छ ।

तत्कालका लागि भने भू–राजनीतिक जोखिम कम भएकाले नेपाल, भारत जस्ता आयातित तेलमा निर्भर देशहरू लगायत विश्वव्यापी बजारलाई अल्पकालीन राहत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३