विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले हिँजो (आइतबार) राति १२ बजेदेखि लागु हुने गरी डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि संगठनले सोमबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनको चेतावनी दिएको हो ।

‘मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रविसं नेपाल तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने प्रष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन राप्रविसं नेपालले सरकारसँग माग गरेको छ ।

देशको आर्थिक अवस्था दयनिय बन्दै गएको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको पटक–पटकको मूल्यवृद्धिले महँगी आकासिने थाहा हुँदाहुँदै मूल्यवृद्धि गर्नु आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit