विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक डेढसय बढी कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले विभिन्न कार्यालयमा कार्यरत १५७ कर्मचारीको सरुवा गरेको हो ।

प्राधिकरणले तह ८ देखि तह १ सम्मका कर्मचारीहरुको सरुवा गरेको छ । ८ तहका ३ जना कर्मचारी सरुवा गरेको छ । सर्भे महाशाखा, आयोजना विकास विभागका सहायक प्रबन्धक आलोक न्यौपानेलाई ग्रिड सञ्चालन विभागमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ । 

यस्तै, संस्थागत सुदृढीकरण आयोजना, अतिरिक्त : सम्पत्ति, र्भाैतिक परीक्षण मुल्याङ्कन आयोजनाका कम्प्युटर सहायक प्रबन्धक किरण चोधरीलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यस्तै, श्रीराम खनाललाई रघुगंगा हाइड्रो पावर कम्पनीमा सरुवा गरिएको छ । यसअघि एसियन इन्फ्रास्ट्रकचर इन्भेसमेन्ट बैंकमा कार्यरत थिए । 

यस्तै, ७ तहका १९ जना, ६ तहकमा १०, ५ तहका ४४ जना, ४ तहका ४७ जना, ३ तहका २१ जना, २ तहका १० जना र १ तहका ३ कर्मचारीको सरुवा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit