विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकाेसी हाइड्राे पावर लिमिटेड गरेको २२०/१३२ केभी न्यू–खिम्ती सबस्टेसनको सबै काम पूरा भएको छ । सबस्टेसन पूरा भएसँगै ४५६ मेगावाटको माथिल्लो तामाकोसीको ९० मेगावाट बिजुली सोझै काठमाडौं ल्याउन सकिनेछ ।

तामाकोसीको बिजुली प्रवाह गर्ने दुई वटा माध्यम छन् । पहिलो, गोंगरबाट न्यू खिम्ती हुँदै ढल्केबर । दोस्रो, गोंगरबाट न्यू खिम्ती हुँदै लामोसाँघु–काठमाडौं । न्यू खिम्ती सबस्टेसनको सम्पूर्ण काम पूरा भएको हुँदा अब यहाँबाट आवश्यकता अनुसार तामाकोसीको बिजुली काठमाडौंतिर पनि बगाउन सकिनेछ ।

गत असार २१ गतेदेखि सञ्चालनमा आएको तामाकोसीको बिजुली यसअघि गोंगर हुँदै न्यू–खिम्तीबाट ढल्केबरसम्म मात्र प्रवाह हुँदै आएको थियो । अब काठमाडौंलाई खाँचो पर्दा तामाकोसीबाट उत्पादितमध्ये ९० मेगावाट सिधै काठमाडौं पठाउन सकिने अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका उप–प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए ।

हाल तामाकोसीका ३ वटा युनिटबाट २२५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । १३२ केभी खिम्ती–लामोसाँघु–भक्तपुर लाइनमार्फत ३९ मेगावाट विद्युत उपत्यकामा पठाइएको छ । १८६ मेगावाट गोंगर–खिम्ती २२० केभी प्रसारण लाइन हुँदै ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा पुर्याइएको छ ।

हालसम्म तामाकोसीका ४ वटा युनिट सञ्चालनमा आएका छन् तर अहिले ३ वटा युनिटमात्र सञ्चालन भइरहेका छन् । भदौभित्र ६ वटै युनिट सञ्चालन हुने रञ्जितले बताए । गत असार २१ गते (सोमबार) तामाकोसीको पहिलो युनिट, असार २९ गते दोस्रो युनिट, साउन ८ गते तेस्रो युनिट र साउन १८ गते चौथो युनिटबाट उत्पादन सुरु गरिएको थियो ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit