विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले २६० मेगावाटको बूढीगण्डकी–‘ख’ आंशिक जलाशय आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले गोरखा जिल्लामा पहिचान भएको आयोजना २०८५ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो । 

प्रस्तावित आयोजना गोरखा जिल्लाको आरुघाट र धार्चे गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीको पानी प्रयोग गरी निर्माण गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना निर्माण तथा अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाइनेछ । 

विभागले कम्पनीको नाममा अनुमति जारी गर्न शूक्रबार सूचना प्रकाशित गर्दै आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा ३५ दिन भित्रमा सारोकारवाले लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

आयोजनाको मुख्य उदेश्य विद्युत उत्पादन, प्रसारण तथा बिक्री वितरण गर्ने रहेको छ । यो आयोजना दैनिक ६ घण्टाको दरले पिकिङ हुने गरी निर्माण गरिनेछ । आंशिक जलाशयुक्त आयोजनाको डिजाइन वहाव १४६.७९ घनमिटर प्रति सेकेन्ड र कुल हेड २०७ मिटर रहने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर १३८९.९२ गिगावाट घण्टा उत्पादन हुनेछ । 

आयोजनाको मुख्य संरचनाहरु बूढीगण्डकी नदीको दायाँ किनारामा पर्दछन् । बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेक बाट पानी फकाई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुँदै भूमिगत विद्युत गृहमा लगिनेछ । तत्पश्चात टेलरेस टनेल मार्फत बूढीगण्डकी नदीमा पठाइनेछ । विद्युत उत्पादनका लागि बूढीगण्डकी नदीको वपानी फर्काउन बनाइने बाँधको लम्बाई २४२.७८ मिटर हुनेछ । 

भूमिगत विद्युत गृहमा ३ वटा ८६.६७ मेगावाट क्षमताको भर्टिकल एक्सिस टवाईनहरुमा पानी खसाली सो टवाईनसँग जोडिएका ३ वटा जेनेरेटर मार्फत २६० मेगावाट विद्युत उत्पादन गरिनेछ । उत्पादित विद्युतलाई ४०० केभीको डबल सर्किट प्रसारण लाइन मार्फत ३५ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको रातमाटे सब–स्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भूक्षय, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit