विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्डले आगामी ५ वर्षभित्र १० अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । आफ्नो स्थापनाको १०औं वर्ष मनाउँदै उसले भदौ २३ गते उक्त लक्ष्यसहितको रणनीतिक योजना सार्वजनिक गरेको छ ।

व्यावसायिक योजना सहितको २०७८–८२ रणनीतिक योजना बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । बोर्डका अनुसार ५ वर्षमा १० अर्ब डलरको विदेशी लगानी स्वीकृत, ६ अर्ब डलरबराबरको सार्वजनिक–निजी साझेदारीका परियोजनाको व्यवस्थापन, १ लाख रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने, प्रभावकारी लगानी प्रवद्र्धनको सुधार तथा बोर्डलाई सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट केन्द्रको रूपमा विकास गरिनेछ ।

उक्त रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक गन्तव्य बनाउने सोच लिइएको छ । दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि ५ खर्ब ५८ अर्ब रुपैयाँ अपुग हुने हुँदा वैदेशिक लगानीबाट समेत यसको परिपूर्तिको प्रयास गरिने प्रधानमन्त्री देउवाले बताएका छन् ।

याे पनि पढ्नुहाेस्

१. ‘पूर्वाधारमा वैदेशिक लगानी भित्र्याउन सरकारले सबै खालका समस्या समाधान गर्नेछ’

२. लगानी बोर्डका १० वर्ष, ५ वर्षे व्यावसायिक तथा रणनीतिक योजना सार्वजनिक गर्दै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit