विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग पू्रा गर्ने आश्वासन दिएपछि गोटा गन्ती मिटर रिडर संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ । समितिले प्राधिकरणमा कार्यरत गोटा गन्ती मिटर रिडरलाई ज्यालादारी कर्मचारी बनाउने भएपछि विरोध तथा आमरण अनसन कार्यक्रम स्थगित गरेको हो ।

प्राधिकरणका सञ्चालक समितिका सदस्य राजेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले ज्यालादारी कर्मचारीमा नियुक्ति तथा सुविधा उपलब्ध गराउने सम्बन्धि प्रतिवेदन उपसमितिमा छलफलका लागि पेश गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको समितिले जनाएको छ । उक्त प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत भएपछि कार्यान्वयन हुनेछ ।

गोटा गन्ती मिटर रिडर समितिले गत भदौ ५ गते मिटर रिडरलाई गोटा ठेक्काका मान्छे हुन भन्दै अपमानपूर्ण व्यवहार भएको भन्दै केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । बारम्बार ध्यानाकर्षण पत्र बुझाउँदा पनि माग सम्बोधन नभएपछि आज (बिहीबार) आन्दोलन सुरु गरेको थियो । तर, माग पूरा हुने भएपछि स्थगित गरेको छ ।

समितिले ज्यालादारी सरह ६२३ जनालाई एकै प्रकारको कर्मचारी बनाउन माग गर्दै आएका थिए । समितिले प्राधिकरणले मिटर रिडरमाथि विभेद गर्दै सेवा सुविधाबाट बञ्चित गरेको आरोप लगाउँदै आन्दोलन गर्ने चेतावनी दिँदै थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३