विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत कम्पनीले कास्कीमा ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजना निर्माण गर्न अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरेको छ । आयोजनाको सिभिल संरचना, हाइड्रोमेकानिल र इलेकट्रोमेकानिलको काम गर्न ठेक्का आह्वान गरेको हो ।

आयोजना जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित मोदी नदीमा इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) मोडलमा बनाउने गरी अन्तर्राष्ट्रिय  ठेक्का आह्वान गरिएको कम्पनीले जनाएको छ । इच्छुकले आगामी कात्तिक ६ गते (अक्टोबर २३) सम्म आवेदन दिनुपर्नेछ ।

यो आयोजनाको जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ । आयोजना पुग्ने पहुँचमार्ग निर्माणको काम पूरा भएको छ । आयोजनास्थलमा क्याम्प बनाउने काम २७ प्रतिशत बढी पूरा भएको प्राधिकरणले जनाएको छ ।

आयोजनाको बाँधबाट पानीलाई ६ किलोमिटर लामो सुरुङमार्फत स्याउली बजारमा प्रस्तावित विद्युतगृहमा पुर्याइनेछ । आयोजनाबाट वार्षिक २४३.५८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत करिब ११ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू–मोदी सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा नेपाल हाइड्रो इलेक्ट्रिसिटी इन्भेसमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ७० प्रतिशत अर्थात ६ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।

यही कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत आयोजना निर्माणको तयारी अगाडी बढाएको छ । यो आयोजना पूरा भएपछि १०६.१४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit