विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीले नुवाकोटमा निर्माणाधीन ४.९९३ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत असोज ११ गतेदेखि १४ गतेसम्म खुल्ला गरेको सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयरधनी बन्न आवेदन दिएकामध्ये ७४ हजार ४ सय जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी १९ लाख ४० हजार ५ सय २२ जनाको हात खाली भएको छ ।

कम्पनीको सेयर किन्न २० लाख ३० हजार ९५५ जनाको २ करोड ४४ लाख ३७० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । बित्री प्रबन्धकका अनुसार जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको छ । बाँकी २० लाख १४ हजार ९२२ जनामा गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार  सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका  लागि छुट्याइएको थियाे। बाँकी ७ लाख ४४ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट आगामी चैत्रभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit