विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको विद्युत् वितरण सुदृढीकरण कार्यक्रमका लागि जर्मनीले २० मिलियन युरो (आजको मूल्यमा करिब ३ अर्ब ३२ कराेड रुपैयाँ) सहयोग गर्ने भएको छ । नेपाल र जर्मनीबीच बुधबार वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार जर्मनीले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका छन् । वित्तीय सहयोग अन्तर्गत दिइने यो सहयोग देशभर भरपर्दो र प्रभावकारी विद्युत् सेवा सुनिश्चित गर्न नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ ।

अर्थ मन्त्रालयका अनुसार उक्त सहयोग कार्यक्रमको कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणमार्फत गरिनेछ । त्यसका लागि प्राधिकरण र जर्मन विकास बैंक केएफडब्लूबीच कार्यान्वयन सम्झौता पनि हुने छ । यो सम्झौताको कार्यान्वयन ५ वर्षभित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै, प्राविधिक सहयोग सम्बन्धी बुधबार भएको सम्झौताअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग पुर्‍याउने छ ।

अर्थ मन्त्रालयका सहसचिव शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्शाउने बताए । उनले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको दीर्घकालीन सहकार्य र महत्त्वपूर्ण योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

यस्तै, कार्यक्रममा जर्मन संघीय गणतन्त्रका राजदूतले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३