images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आजदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । सान्जेन जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेको १४.८ मेगावाट क्षमताको उक्त आयोजनाले आइतबार मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजना प्रमुख सुदनसिंह महतले बताए । 

‘आयोजनाले २० साउनदेखि परीक्षण उत्पादन सुरु गरेको थियो,’ आयोजना प्रमुख महतले ऊर्जा खबरसँग भने, ‘परीक्षणका सम्पूर्ण काम पूरा गरी हामीले मिटर जडान गरी व्यापारिक उत्पादन सुरु गरेका हौँ ।’ 

आयोजनाकै लागि भनेर निर्माण गर्न लागिएकाे २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माणमा ढिलाई भएका कारण वैकल्पिक लाइनमा आयोजनाको विद्युत् वैकल्पिक प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । 

आयोजनाको विद्युत् २२० केभी चिलिमे हब सबस्टेसनमा जोड्ने सम्झौताअनुसार अहिले वैकल्पिक प्रसारणका व्यवस्था गरिएको आयोजना प्रमुख महतले बताए । 

परीक्षण कालमा १ करोड २१ लाखको बिजुली प्राधिकरणलाई निःशुल्क 

आयोजनाले परीक्षण कालमा नेपाल विद्युत् प्राधिकरणलाई १ करोड २१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको १२ लाख २६ हजार युनिट बिजुली निःशुल्क उपलब्ध गराएको छ । 

‘१५ दिनभन्दा लामो समय हामीले परीक्षणका क्रममा प्राधिकरणलाई निःशुल्क विद्युत् दिएका छौँ,’ आयोजना प्रमुख महतले भने । 

७४ करोडले बढ्यो आयोजनाको लागत 
आयोजनाको निर्माण २०६९ सालमा सुरु भएको थियो । निर्माण सुरु गरिएको ५ वर्षभित्र सक्ने लक्ष्य राखिएको आयोजनाको निर्माण झण्डै ५ वर्ष ढिलो गरी पूरा भएको हो । आयोजनाको सुरुको लागत २ अर्ब २१ करोड ८० लाख (प्रतिमेगावाट १४ करोड ९८ लाख ६४ हजार) रुपैयाँ अनुमान गरिएको थियो । तर, निर्माण पूरा हुँदा आयोजनाको लागत २ अर्ब ९६ करोड (प्रतिमेगावाट २० करोड) रुपैयाँ पुग्ने भएको आयोजना प्रमुख महतको भनाइ छ । 

भूकम्प, नाकाबन्दी, विश्वव्यापी रूपमा फैलिएको कारोना महामारी, चीनमा लामो समयसम्म कोरोना महामारीका कारण अपनाइएको लकडाउनका कारण सामान आयातमा अवरोधलगायत कारणले आयोजनाको निर्माण अवधि लम्बिएको उनले बताए । 

‘विभिन्न कारणले भएको अवरोधको समय नजोड्ने हो भने आयोजनाको निर्माण ५ वर्षमै सकिएको हो,’ उनले भने । आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।  

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पूरा गरी आगामी पुसदेखि उत्पानदन थाल्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit