विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनाका लागि लगानी सम्झौता भएको छ । ४ वित्तीय संस्थाले ५९४ करोड रुपैयाँ लगानी गर्ने गरी आज (जेठ १९ गते) सम्झौता भएको हो ।

शैलुङ पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको आयोजनामा नेपाल पूर्वाधार बैंक (निफ्रा) लिमिटेडको अगुवाईमा माछापुछ्रे बैंक, सेन्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने गरी टुंगो लागेको छ । लगानी सम्झौतामा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद गौतमले हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए ।

कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत खतिवडाले आयोजना व्यवस्थापकको पारदर्शीता र जागरुकताका कारण लगानी गर्न उत्साहित बनाएको बताए । ‘हामीले लगानी साझेदारीका रूपमा सबैलाई समानरूपले हेरेर काम गर्ने हो,’ उनले भने, ‘आयोजनालाई आवश्यक परेको ठाउँमा प्राविधिक सहयोग पनि गर्न सक्छौं ।’

यसैगरी, कार्यक्रममा कम्पनीका अध्यक्ष गौतमले बैंकले व्यवस्थापनलाई विश्वास गरेर खोलामा लगानी गरेकोमा खुसी व्यक्त गरे । ‘हामीले तत्काल गर्नुपर्ने निर्णय तत्तत्कै समयमा गर्नेर्छौं, पारदर्शीता कायम गर्नुपर्नेमा कुनै सम्झौता हुँदैन,’ उनले भने, ‘अबको ३ वर्षभित्र काम पूरा गरेर बिजुली बाल्न सक्छौं भन्ने हामीलाई विश्वास छ ।’

उता कम्पनीका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीले तोकिएको समय र लागतभित्रै आयोजना पूरा गर्ने प्रतिबद्धता जनाए । ‘दूरीका हिसाबले आयोजना दुर्गम ठाउँमा पनि छैन, पहुँचमार्ग, प्रसारण लाइन लगायत संरचना तयारी जस्तै छैन,’ उनले भने, ‘यही कारण पनि समयभित्रै आयोजना पूरा गर्न सकिनेमा हामी विश्वस्त छौं ।’

७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने आयोजनामा निफ्राले २०० करोड, सेन्चुरी बैंकले र माछापुछ्रे बैंकले १५०/१५० करोड र वाणिज्य बैंकले ९४ करोड रुपैयाँ लगानी गर्नेछन् । कूल ७९७.५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २०३.५० करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

स्वपुँजी लगानीका लागि प्रवर्द्धक तथा सर्वसाधारण र आयोजना प्रभावित बासिन्दामा सेयर जारी गरी संकलन गर्ने योजना छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले बाह्रबीसेमा निर्माण गर्ने २२० केभी प्रसारण लाइनमा जोडिनेछ । अहिले त्यहाँ १३२ केभी सबस्टेसन सञ्चालनमा रहेको छ ।

आयोजनाको विद्युतगृह नजिक सञ्चालनमा रहेको २२ मेगावाटको चाकु खोलामा स्वीचयार्डमा जोडी लामोसाँघु सबस्टेसनसम्म लैजान सकिने वैकल्पिक व्यवस्था समेत गरिएको छ । ११३.५ मिटर हेड रहेको आयोजनाबाट वार्षिक २३१.८१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

२०७५ असार १५ गते विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको आयोजनाबाट २०८० कात्तिक १ गते विद्युत उत्पादन गर्नुपर्ने तालिका तोकिएको छ । हिउँदका ६ महिना प्रतियुनिट ८.४० रुपैयाँ र बर्खाका ६ महिना प्रतियुनिट ४.८० रुपैयाँमा पिपिए गरिएको छ ।

आयोजनाबाट विद्युत उत्पादन भएको पहिलो वर्ष १३६.४६ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आन्तरिक प्रतिफल १४.४६ प्रतिशत रहेको आयोजनाबाट वार्षिक ४ करोड २३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । बालुवा थिग्रयाउने पोखरी सतहमा निर्माण हुने भए पनि विद्युतगृह भूमिगत रहने गरी अध्ययन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit