विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । युनिभर्सल पावर कम्पनीले दोलखामा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाले अहिले परीक्षण उत्पादन गरिरहेको कम्पनीका सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाबाट परीक्षण सुरु गरी उत्पादन भएको विद्युत प्रसारण प्रणालीमा जोडेको छ । 

‘आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब २ साताको परीक्षणको चरण पूरा गरेपछि व्यापारिक उत्पादन सुरु गर्ने तयारी छ ।’ उनले उत्पादन सुरु गर्नुअघि आयोजनामा जडान भएका उपकरणको पनि परीक्षण गरिएको बताए । 

आयोजनाको विद्युत १३२ केभी सिंगटी सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो । 
आयोजना डेढ वर्षअघि नै सम्पन्न भइसके पनि विद्युतगृहमा बाढी पसेर इलेक्ट्रोमेकानिकल उपकरणमा क्षति पुर्याएकाले विद्युत उत्पादन तालिका प्रभावित हुन पुगेको थियो ।

बाढीले क्षतिग्रस्त इलेक्ट्रोमेकानिकल उपकरणहरू फेरि खरिद गरेर आयोजना स्थलमा ल्याएर दोहोर्याएर जडान गर्नु परेकाले प्रणालीमा जोडिन समय लागेको भण्डारीले बताए ।

आयोजना सञ्चालनमा आइसकेकाले अब सुख्खायाममा १ करोड १५ लाख २७ हजार २ सय किलोवाट र बर्खायाममा ५ करोड १२ लाख ४ हजार ५ सय ५१ किलोवाट गरी वार्षिक ६ करोड २७ लाख ३१ हजार ६ सय ५१ किलावाट विद्युत उत्पादन हुनेछ । आयोजनामा सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनीले लगानी गरेको छ ।

तल्लो खारेमा लगानी गरेको समूहले नै लमजुङमा १२ र रुकुममा ५ मेगावाटको जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit