विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कालीगण्डकी नदीमा पहिचान भएको ५०० मेगावाटको कालीगण्डकी-२ जलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गर्ने क्रममा क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ ।

विद्युत विकास विभागले आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव माग गरेको हो । स्थानीय सरोकारवालाले आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय/सुझाव मागिएको छ ।

विभागका अनुसार आयोजनाबाट गण्डकी प्रदेशको स्याङजा, तनहुँ, नवलपुर र लुम्बिनी प्रदेशको पाल्पा जिल्ला प्रभावित हुनेछ । स्याङजाको गल्याङ नगरपालिका (१,२,९, १०, ११) चापाकोट नगरपाकिाका (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०), हरिनास गाउँपालिका (६, ७), विरुवा गाउँपालिका (६) र बालिङ नगरपालिका (७) का स्थानीय प्रभावित हुनेछन् ।

तनहुँको देवघाट गाउँपालिका (१,२) ऋषिङ गाउँपालिका (१,२,३,४,५, ६, ७,८), व्यास गाउँपालिका (१३,१४) घिरिङ गाउँपालिका (१,२,३,४,५) भिमाद नगरपालिका (१,४) का स्थानीय प्रभावित हुने विभागले जनाएको छ । नवलपुरका गैडाकोट नगरपालिका (३,१८), ब्लिङटार गाउँपालिका (१,२,३,४,५,६), बौदीकाली गाउँपालिका (१,२,३,४,५,६) का स्थानीयसँग राय/सुझाव मागिएको छ ।

यस्तै, पाल्पाको निस्दी गाउँपालिकाको (१,२,३,४,५,६, ७), रामपुर नगरपालिका (१,२,३,४,५,६, ७, ८, ९, १०), पूर्वखोला गाउँपालिका (१,२,३,४,५,६), माथागढी गाउँपालिका (१,२,३,४), रम्भा गाउँपालिका (१,२,३,४,५) र बगनासकाली गाउँपालिका (३,४,५,६) का स्थानीयका लागि राय÷सुझाव पठाउन आग्रह गरिएको छ ।

स्थानीयले आगामी २७ गते (मंगलबार) भित्र विभागको कार्यालयमा पुग्ने गरी राय/सुझाव पठाउनुपर्नेछ । आयोजनाको कालीगण्डकी नदीको खाल्टेमा १५० मिटर उचाईको बाँध निर्माण गरी ३६० मिटर पूर्ण आपूर्ति सतह रहने जलाशयबाट पानी छोडी बाँधको फेदमै अवस्थित विद्युतगृहबाट विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit