विद्युत अपडेट

  • प्राधिकरण : ५६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८३५६ मे.वा.घन्टा
  • आयात : १००१३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९३५९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८० मे.वा.
२०८२ चैत २, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन ८ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न १ महिना लाग्ने भएको छ । आयोजनाको अन्तिम चरणको काम सम्पन्न भइनसकेकाले आयोजनाको विद्युत पुसदेखि मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

पछिल्लो तालिका प्रभावित भएपछि विद्युत उत्पादन पुसमा सारिएको प्रवर्द्धक अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले बताए । ‘हामीले त मंसिरभित्रमा आयोजना प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखेरै काम गरिरहेका थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यो वर्ष बर्खामा आएको बाढीले पहिले नै जडान भइसकेको पाइप लाइनको केही भागमा क्षति गरेकाले काम गर्दै जाँदा ढिलो हुन पुग्यो । तर, अब पुसभन्दा ढिलो हुँदैन ।’

उनले अहिले आयोजनामा हाइड्रोमेकानिकल उपकरण जडानको काम भइरहेको बताए । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न भइसकेको छ । विद्युतगृह नजिकै स्वीचयार्डको काम अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

आयोजना गत साउनमा नै सम्पन्न गर्ने तालिका थियो । कोरोना (कोभिड–१९) को दोस्रो लहर सुरु भएपछि निर्माण प्रभावित हुँदा सम्पन्न हुने तालिका असोजमा सरेको थियो । बर्खाको बाढीले पुर्याएको क्षति र यसबीचमा दशैं तिहार जस्ता ठूला चाड पर्व समेत परेकाले विद्युत उत्पादन गर्ने अवधि लम्बिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मंसिरभित्रमा बाँकी सबै काम सम्पन्न गरी संरचना तथा उपकरणको परीक्षण गरेर विद्युत उत्पादन सुरु गरिने भएको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरिसकेको छ । 

आयोजनाबाट वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा ६.९५ र बर्खामा ३९.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।आयोजना सम्पन्न गर्न करिब १ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा एनएमबी बैंकको अगुवाईमा नेपाल बैक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ । माथिल्लो हेवामा लगानी गरेको समूहले नै यसअघि साढे ४ मेगावाटको हेवा आयोजना निर्माण सम्पन्न गरी प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३