images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङस्थित ७० मेगावाटकाे मध्य मर्स्याङदी जलविद्युत केन्द्रका प्रमुख शिवकुमार साहको निधन भएको छ । काेराेना (काेभिड–१९) संक्रमित भएका उनकाे बुधबार बिहान ८ बजे निधन भएको हो ।

कोरोना संक्रमित भएका साहकाे ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे जलविद्युत केन्द्रका  लेखा अधिकृत नारायणराज विष्टले बताए । उनका अनुसार साहमा काेराेनाकाे लक्षण देखिएपछि पाटन अस्पतालमा परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएको थियाे ।

पाटन अस्पतालनमा उपचार  हुँदै गर्दा स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनलाई थप उपचारका लागि मेडिसिटी अस्पतालमा सारिएकाे थियाे । २ साताअघि मेडिसिटीमा भर्ना भएका साहकाे काेराेना रिपाेर्ट समेत नेगेटिभ आएको थियो । 

रिपाेर्ट नेगेटिभ आए पनि स्वास्थ्यमा परेकाे गम्भिर असरका कारण उनकाे निधन भएकाे अस्पताल स्राेतले जनाएकाे छ । धनुषा स्थायी घर भएका साहकाे सव अन्तिम संस्कारका लागि गृहजिल्ला लगिएकाे छ ।

साह २ वर्षअघि सरुवा भएर मध्य मर्स्याङ्दीमा पुगेका थिए । यहाँ आउनुअघि उनी माेदी खाेला जलविद्युत केन्द्रकाे प्रमुख थिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit