विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढ्दै गइरहेको भनिए पनि यसको आयात भने घटेको छ । सरकारले आन्तरिक विद्युत् खपत बढाउन विद्युतीय चुलोमा सहुलियत दिएर प्रवर्द्धन गरे पनि यसको व्यापारमा भने गिरावट आएको देखिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा १८ करोड ९६ लाख ५२ हजार रुपैयाँ बराबरको ८५ हजार २६६ थान विद्युतीय चुलो आयात भएको देखिएको छ । यो अघिल्लो वर्षको यही समयअवधिको तुलनामा ४० प्रतिशतले कम हो ।

आव २०७९/८० को पुससम्मको अवधिमा १ लाख ४२ हजार ८९० थान विद्युतीय चुलो आयात भएको तथ्यांकमा छ । यो वर्ष ६ महिनाको अवधिमा विद्युतीय चुलो आयातका लागि २८ करोड २५ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ ।

बजारमा यसअघि नै आयात भएका चुलोहरू स्टकमा रहेकोले आयातमा भारी गिरावट आएको नेपाल विद्युत् व्यावसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए ।

‘सरकारले विद्युतीय चुलोको प्रयोग बढाउने भनिरहँदा व्यापारीहरूले अबको बजार नै विद्युतीय चुलो हो भनेर व्यापक आयात गरे,’ उनले ऊर्जा खबरसँग भने, ‘तर ‘यसअघि धेरै चुलो आयात गरेर बजारमा स्टक छन्, व्यापार नभएपछि व्यापारीलाई घाटा हुन्छ, त्यही भएर नै यसको आयात घटेको हो ।

सरकारले चुलोको प्रयोग बढाउने भनेर मात्र यसको उपयोग नबढ्ने र यसका लागि सहज नीति बनाउनुपर्ने देवकोटाले बताए । ‘देशभित्र व्यापक विद्युत् उत्पादन भइरहेको छ, यसको आन्तरिक खपतका लागि सरकारले विद्युतीय चुलो वा विद्युतीय उपकरणसम्बन्धी सहज व्यवस्था गरिदिनुपर्छ,’ उनले भने ।

केही समय पहिले विद्युतीय चुलाको प्रयोग र आयात दुवै बढिरहँदा वा चुलोले बजार लिइरहँदा ग्यासको आयातमा कमी आएको थियो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशतको खपत बढ्ने गरेकोमा आव २०७९/८० मा आयात घटेको थियो । अब, यसको आयात र खपत बढ्दै गएको छ ।

चालु आवको पहिलो ६ महिनामा २५ अर्ब ४५ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको २५ करोड ६२ लाख ४० हजार केजी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा २४ करोड ७७ लाख ९० हजार ७५६ केजी ग्यास आयात भएको थियो ।

सरकारले उत्पादित विद्युत् खपत बढाउन विद्युतीय चुलोको उपयोगलाई प्राथमिकता दिएपछि गत वर्ष ग्यासको आयात घटेको थियो । यो वर्ष आयात र खपत बढेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

‘गत वर्ष विद्युतीय चुलोको खरिदबिक्री र उपयोग व्यापक भएपछि ग्यासको खपतमा कमी आएको थियो,’ उनले भने, ‘विद्युतीय चुलो प्रयोग विशेषगरी सहरी क्षेत्रमा भएको देखिन्छ । सहरी क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसको अफिस जानुपर्ने हुन्छ, काम हुन्छ, यही समयमा बिजुलीको भर नहुने भएपछि विद्युतीय चुलो प्रयोगकर्ता फेरि ग्यासमा फर्किएको अनुमान गर्न सकिन्छ ।’

बजारमा ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा र विद्युत्को प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा कमी आउन थालेको भनिए पनि फेरि यसको खपत बढ्न थालेको देखिएको छ ।

विद्युतीय चुलोको उपयोग बढाउन के गर्ने ?

भान्सामा खाना पकाउन प्रयोग हुने एलपीजीलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्न जरुरी छ । अहिलेको प्रचलित मूल्यअनुसार एलपीजी र विद्युतीय चुलोमा खाना पकाउँदा मासिक खर्चमा भिन्नता छ । सरकारले एलपिजीको तुलनामा खाना पकाउन विद्युतीय चुलो सस्तो हुने बताउँदै आएको छ ।

विद्युतीय चुलो खरिद गर्दा यसका उपकरणहरुसहित आम उपभोक्ताले मोटो रकम लगानी गर्नुपर्ने भएकोले पनि यसको उपयोगमा गिरावट आएको अनुमान गर्न सकिन्छ । साथै यसको मर्मत पनि खर्चिलो छ । त्यसो हुँदा विद्युतीय चुलो खरिद र प्रयोगमा राज्यले दिने प्रोत्साहनको दायरा फराकिलो पार्दै लैजानुपर्ने देवकोटाले बताए । 

त्यस्तै, किस्ताबन्दीमा विद्युतीय चुलो खरिद गर्न सक्ने व्यवस्था गर्नेतर्फ पनि इन्डक्सन बिक्रेताहरुले सोच्नुपर्ने देखिन्छ ।

राज्यको वर्तमान विद्युतीय प्रणालीले ठूलो विद्युत्को ठूलो माग (लोड) धान्न गाह्रो भएको हुँदा पहिलो चरणमा यी संरचनालाई भरपर्दो र दीर्घकालीन बनाउनुपर्ने देवकोटाको भनाइ छ । संरचनाहरू भरपर्दो नहुँदा झ्याप्प/झ्याप्प बत्ती जाने गरेकोले जनतालाई विद्युत्को पहुँच सुनिश्चित गर्नुपर्छ ।

उद्योगी तथा व्यापारीले नेपालमै चुलो उत्पादनको प्रयास गरिरहेका छन् । अध्ययन गरिरहेका छन् । यसका लागि केही समय लाग्ला तर उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit