images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद 

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका गर्न छानविन आयोग बनाउने भएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा छानबिन आयोग बनाउने निर्णय गरेको हो । छानबिन आयोगमा ऊर्जा र उद्योग मन्त्रालयका दुई सहसचिव सदस्य रहने भएका छन् । 

यसअघि मंगलबार नै बसेको संसदको पूर्वाधार विकास समतिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेतले महसुल विवादबारे ३ दिनभित्र निर्णयमा पुगिसक्ने बताएका थिए । उनले समस्या समधानका लागि लिनुपर्ने उपयुक्त कदमबारे महान्यायाधीवक्ताको कार्यालयसँग राय लिएर अघि बढ्ने बताएका थिए । 

बस्नेतकै प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गरेको मन्त्रीको सचिवालयका एक सदस्यले बताए । 

यसअघि मन्त्री बस्नेत न्यायिक आयोग बनाएर समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक, उद्योगी व्यवसायीलगायतका पक्षसँग छलफल गरेका थिए । 

यसअघि उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि उच्चस्तरीय आयोग बनाएर समस्या समाधान गर्नुपर्ने माग गर्दै आएका थिए । 

आयाेग गठन भएसँगै मन्त्रिपषद्ले उद्याेगमा काटिएकाे लाइन जाेड्न निर्देशनसमेत दिएकाे छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit